भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको जनाएको छ ।
अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाअध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ७७ हजार १६ बराबरको बिगो कायम गर्दै सोही अनुसार सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया