कामना बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- कामना सेवा विकास बैंकको गण्डकी प्रदेशद्वारा Global Money Week 2024 को उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरूलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २४ सम्म मनाउने गरिन्छ ।
सो कार्यक्रम नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उपनिर्देशक सुदिप त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले Global Money Week 2024 को उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डिएसपी श्रवन विकले साइबर सुरक्षा, अनलाइन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा आफ्ना भनाईहरू राखेका थिए ।
वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद गौतमको सभापतित्वमा भएको थियो ।
सो क्रममा प्रदेश प्रमुख गौतमले बचतको महत्व र कर्जाको सदुपयोग बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख शुशिल भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख कृष्ण हरी सिग्देलले गरेका थिए ।

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

प्रतिक्रिया