सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुदूरपश्चिम- कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ ।
डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । भजनी-सुख्खड सडक खण्डमा से१त ८६३५ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन् । सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

प्रतिक्रिया