प्रदेश सांसद वैद्यले फिर्ता लिए विवादास्पद अभिव्यक्ति

काठमाडौँ : बागमती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा बोलेको विवादित अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित आफ्नो अभिव्यक्ति आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको महसुश गरेको भन्दै फिर्ता लिएको बताए । साथै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई अनुरोध गरेका छन् ।
'हिजो मैले संसदको रोष्टममा उभिएर प्रतिक्रिया दिने क्रममा सम्मानीय प्रधानमन्त्रीज्यू प्रति लक्षित प्रयोग भएका केही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको मैले महसुश गरेको छु, शनिबारको बैठकमा लिखित वक्तव्य वाचन गर्दै उनले भनेका छन्, 'सम्मानीय प्रधानमन्त्री माथि मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दलले फिर्ता लिन निर्देशन गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुश गरेको छु ।'
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया