टेबल टेनिस टोली दक्षिण कोरिया जाने

काठमाडौँ- प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबल टेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ ।
अप्रिल १ तारिखदेखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुनेछन् । प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।
प्रशिक्षणपछि खेलाडीहरू सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने तालिका रहेको छ ।
खेलाडीसँगै प्रशिक्षकका रुपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदैछन् । टोलीलाई ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया