आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अमेरिकाबाट नेपालमा खोप पठाउन विधानसभा सदस्य भण्डारीले खेले भूमिका

अमेरिका : कोभिड-१९ महामारीका कारण नेपाल अहिले आक्रान्त छ । भारत र चीनबाट प्राप्त खोपले पहिलो चरणका लागि प्रयाप्त नभएपछि नेपाल सरकारले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच केही दिनअघि अमेरिकी सरकारले नेपाललाई खोप उपलब्ध गराउने खबर आएको छ । यसका लागि नेपाल सरकारले औपचारिक आग्रह गरेको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराइदिन पत्र लेखेकी थिइन् ।

नेपालले, भारत लगायतका देशसँगै करिब ७० लाख डोज खोप पाउने बताइएको छ । त्यसका लागि मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निवार्ह गरे । राज्य विधान सभा सदस्य भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिक रुपमा पत्र लेखेका थिए ।

नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत बिधान सभा सदस्य भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुलाई इमेल लेख र आग्रह गर्दै भने नेपाललाई अहिले खोपको आवश्यकता छ, हामीले सहयोग गर्नु पर्दछ । इकागजसँग कुराकानी गर्दै भण्डारीले भने,'आफू जन्मिएको देशका नागरिकलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु आफैमा गर्वको कुरा हो ।'

अमेरिकी सरकारले खोप उपलब्ध गराउने औपचारिक निर्णय भएपछि ग्लोबल हेल्थ इस्यूमा काम गरिरहेका क्रिस भ्यानले भण्डारीलाई ईमेले लेखेर भनेका छन् । नेपालका लागि यस्तो विषम परिस्थितिमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । यसअघि नेपाललाई खोप उपलब्ध गराउने विषयमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा विश्व स्वास्थ्य उपसमिति अध्यक्ष क्रिस, अमेरिकामा रहेका उच्च अधिकारीले विधान सभा सदस्य भण्डारीको नेतृत्वमा जुम बैठक गरेका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता