सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

संसद्‌ बन्द गरेर सभामुख घिमिरेको विदेश शयर

काठमाडौँ- देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरू हुने गरेको देखिन्छ ।

यसैबीच सभामुख देवराज घिमिरेले संसद्‌ बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्विट्जरल्यान्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।

चैत ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको १४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डतर्फ लागेका छन् । 

चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् ।

यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलबासे, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यसमा रोचक कुरा के छ भने यसका लागि संसद्‌ नै बन्द गरिएको छ । चैत ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत १८ गते बस्ने गरी तोकिएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी रुपमा अर्थतन्त्र धरासायी भएको दलका सांसद नेताहरूले संसद्‌मै बोलिरहने तर अवसर पाउना साथ संसद्‌ बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकाले अहिले राजनीतिक वितिष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

निष्कर्षमा राजनीतिक रुपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दाँया बाँया नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ  । यसले राजनीतिक रुपमा थप वितिष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ ।   
 

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख घिमिरे

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने