आकाशमा उड्ने ट्याक्सी जोबीले दुबईमा सेवा सुरू गर्ने

काठमाडौँ- अमेरिकी स्टार्टअप कम्पनी जोबी एभिएसनले विकास गरेको आकाशमा उड्ने ट्याक्सी जोबीले संयुक्त अरब इमिरेट्स (युएई) दुबईमा आफ्नो सेवा सुरु गर्ने भएको छ । कम्पनीका अध्यक्ष बोनी सिमीले एक अन्तरवार्तामा दुबईसँगको साझेदारी २०२५ सम्ममा सेवा सुरु गर्न सक्ने गरी तयारी गरिरहेको बताएका छन् ।
कम्पनीले विद्युतीय हवाई ट्याक्सी सञ्चालनका लागि दुबईसँग ६ वर्षको विशेष सम्झौता गरेको छ । कम्पनीले २०२५ मा दुबईमा सञ्चालन सुरु गर्ने र २०२६ को शुरुवातमा व्यवसायीक हिसाबले अघि बढ्ने लक्ष्य राखेको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा दुबई सरकारले कम्पनीलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै सकेसम्म चाँडो र सुरक्षित रूपमा सेवा प्रदान गर्नका लागि सम्भव भएसम्म नीतिगत अवरोधहरू हटाउन मद्दत गर्नुका साथै जोबीको लागि विशेष रूपमा स्रोतहरू छुट्याएको जनाएको छ ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया