मस्कोमा आतंकवादी हमला : ६० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

काठमाडौँ- गएराति रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा आतंकवादी हमला भएको छ । आक्रमण हुँदा उक्त स्थानमा ६ हजार २ सय जना दर्शक रहेको अनुमान गरिएको छ । आक्रमणबाट कन्सर्ट भवनमा आगलागी भएको थियो ।
रुसको संघीय अनुसन्धान समितिले उक्त आतंकवादी हमलामा परेर ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । इस्लामिक स्टेट चरमपन्थी समूहसँग सम्बन्धित समाचार एजेन्सीले आक्रमण आईएस लडाकुहरूले गरेको दाबी गरेको छ ।
राजधानी मस्कोको उत्तरपश्चिममा रहेको रुसी सहर क्रास्नोगोर्स्कमा रहेको कन्सर्ट हलमा मार्च २२ को राति आगलागी भएको थियो । कार्यक्रम सुरु हुनुअघि धेरै मानिसहरू भवनमा प्रवेश गरेर गोली चलाउन सुरु गरेको बताइएको छ ।
रुसको संघीय अनुसन्धान समितिले आतंकवादी हमलामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ । रुसको स्वास्थ्य मन्त्रालयले पाँच बालबालिकासहित ११५ जना घाइते र अस्पतालमा भर्ना भएको र ६० भन्दा बढीको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । रूसी मिडियाहरुले जनाएअनुसार आक्रमणपछि बन्दुकधारीहरु सेतो कारमा चढेर घटनास्थलबाट भागेको र सुरक्षा बलहरूले उनको खोजी गरिरहेको र केहिलाई पक्राउ गर्न सफल भएको जनाएका छन् ।
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_aJeNFyXAkK_efp6m4ysbuwjmnob0ow4t1mevcdvvndealvz6ssutxxlqpjtwryzwbzohtu6.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

अहमदाबाद दुर्घटनामा बाँचेका एक मात्र यात्रुलाई भेटे मोदीले

प्रतिक्रिया