भारतीय प्रधानमन्त्री मोदी भुटानमा

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि भुटान पुगेका छन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी हुने सार्वजनिक गरेका थिए ।
भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण प्रधानमन्त्री मोदीको बिहीबारका लागि तय भएको भ्रमण एक दिन ढिलो भएको हो ।

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया