सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन सकेन : कानुन मन्त्री गिरी

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधानले समानुपातिक सहभागिता रहने व्यवस्था गरेपनि सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन नसकेको बताए । महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै गिरीले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतले कानुन बनाउन दिएको निर्देशनात्मक आदेशअनुसार कानुन बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या र चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिइन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन शनिबार घोषणापत्र जारी गर्दै सम्पन्न हुने बताइएको छ ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया