मानव मस्तिष्कमा बीसीआई प्रत्यारोपण गरेपछिको बिरामीको भिडियो सार्वजनिक

काठमाडौँ- एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी बीएमआई (ब्रेन-मेसिन इन्टरफेस) कम्पनी न्यूरालिङ्कले मार्च २० मा आफ्नो आधिकारिक एक्स अकाउन्ट मार्फत बीसीआई (ब्रेन-कम्प्यूटर इन्टरफेस) इम्प्लान्टेशन सर्जरीको पहिलो क्लिनिकल परीक्षण गरेको व्यक्तिसँगको अन्तवार्ता भिडियो सार्वजनिक गरेको छ ।
बीसीआई एउटा यस्तो प्रणाली हो जसले हाम्रो मस्तिष्कका संकेतहरूलाई पढ्छ, बुझ्छ र तिनलाई कम्प्यूटर आज्ञामा परिणत गरेर आदेशअनुसार कार्य गर्न सक्छ । यो प्रणालीको प्रयोगद्वारा पक्षघात भएका व्यक्तिहरूलाई अंगहरू चलाउन मद्दत गर्ने , मस्तिष्कको प्रतिक्रिया बुझ्ने, अपांगता भएका व्यक्तिहरूलाई कम्प्युटर र अन्य उपकरणहरू सञ्चालनमा मद्दत गर्ने गर्दछ।
भिडियोमा अर्बाउले बीसीआई प्रत्यारोपण गरिसकेपछि आफु अहिले ह्वीलचेयरमा बसेर ल्यापटपको स्क्रिनलाई आफ्नो दिमागले नियन्त्रण गरेर अझ सजिलैसँग खेल खेल्न सक्षम भएको बताए । भिडियोमा, चेसका टुक्राहरू वास्तवमा चलिरहेको पनि देख्न पनि सकिन्छ । अर्बाउले चेसका गोटीहरूलाई आफ्नो हातले सार्नुको सट्टा कर्सर चलिरहेको कल्पना गरेर सार्न सिकेको बताएका छन् ।
भिडियोमा उनले चेसको अतिरिक्त अरु खेलहरूमा पनि लामो समयसम्म खेल्न सक्षम भएकोमा खुसी भएको बताएका छन् ।
अर्बागले भनेका छन् 'यो यन्त्र अझै पूर्ण छैन । यो अनुसन्धानको अन्तिम चरण होइन र अझै धेरै काम गर्न बाँकी छ । तर यो यन्त्रले आफ्नो जीवनमा परिवर्तन ल्याएकोमा खुसी ब्यक्त गरेका छन् । भिडियो सार्वजनिक भएसँगै न्यूरालिंकको यो प्रविधिको सहयोगले सही रूपमा दिमागको संकेतहरू बुझ्न नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूको लागि ठूलो राहत हुने विश्वास गरिएको छ।
— Neuralink (@neuralink) March 20, 2024

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया