सीजीले सुरू गर्यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौँ- सीजी ब्रान्ड, नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड हो । यसले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (IDB) अथवा स्मार्ट बोर्ड शुरु गरेको छ। अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुँदैछ । नयाँ प्रविधि र आविष्कारहरू सधैं नै भइरहेको छ। यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुन्छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्छ । इन्टरएक्टिभ डिजिटल बोर्ड (IDB) लाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिन्छ ।
बोर्डमा 4K रिजोल्युसन (UHD), वायरलेस स्क्रिन टच, एन्ड्रोइड 13 ओएस, बिल्ट–इन क्यामेरा र माइकहरू जस्ता विभिन्न सुविधाहरूसहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।
यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटि हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् । रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्ड (IDB) ले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरूसँग सजिलै जोडिन सक्दछ । यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटहरूबाट प्राप्त गर्न सकिने जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया