काठमाडौँ प्रहरीले भन्योः मँहगो गरगहना लगाई होली नखेल्नू

काठमाडौँ- मँहगो गरगहना लगाई होली नखेल्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ । यस वर्षको फागु पूर्णिमा पहाडी जिल्लामा आगामी आइतबार अर्थात् चैत ११ गते मनाइने भएको छ ।
अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखान प्रहरीले आग्रह गरेको छ । इच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नछ्याप्न तथा नलगाउन प्रहरीले अनुरोध गरेको छ ।
होलीमा उच्छृङ्खल क्रियाकलाप नगर्न प्रहरीले बताएको छ । अपरिचित मानिसको समूहमा होली नखेल्न र आत्मीय रुपमा नजिक भएका तथा साथीभाइहरूसँग होली खेल्नलाई प्रहरीले अनुरोध गरेको छ ।
मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन नचलाउन प्रहरीको भनाइ छ । रेलिङ भएको छत तथा रड भएको सडकमा होली नखेल्न प्रहरीले आग्रह गरेको छ ।
भीडभाड भएको ठाउँमा पकेटमार तथा चोरी हुने भएकाले सचेत भएर होली खेल्न हुन प्रहरीले अनुरोध गरेको छ । आपराधिक गतिविधि हुन लागेमा नजिकैको प्रहरीलाई खबर गर्न र कानुन विपरीत कार्य गरेमा कानुनबमोजिम कारबाही हुने तथा जरिवाना हुने समेत प्रहरीले उल्लेख गरेको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया