संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

इस्तानबुल- टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ ।
परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन् । यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन् । यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबली दिने गर्दथे ।
तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिरभित्र पृथ्वीको कवचबाट खतरनाक ग्यासहरू चुहिरहेका छन् । यति मात्र होइन, मन्दिरको प्रवेशद्वारमा कार्बनडाइअक्साइडको घातक सांद्रता भेटिएको छ । यही कारणले गर्दा कुनै पनि जीवित प्राणी मन्दिरमा प्रवेश गर्ने बित्तिकै मर्छ ।
पुरातत्वविद्हरूले अध्ययनमा मन्दिरभित्र कार्बनडाइअक्साइडको मात्रा धेरै भएको पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरू भन्छन् 'यस मन्दिरको दर्शन गर्नको लागि सबैभन्दा खतरनाक समय बिहान हो । किनभने रातमा ग्यासको चुहावट धेरै छिटो हुन्छ । यदि कसैले बिहान उज्यालो हुनुअघि यस मन्दिरमा प्रवेश गर्यो भने उसको मृत्यु निश्चित छ । सूर्य उदाउने बित्तिकै ग्यासको चुहावट कम हुन्छ । जसका कारण जिवित प्राणीको मृत्यु हुने सम्भावना पनि कम हुन्छ ।'
स्ट्रोबीका अनुसार यो एक सानो खुला ठाउँ हो । यो ठाउँमा एक पटकमा एक जना मात्र प्रवेश गर्न सक्छन् । टाढाबाट हेर्दा गुफाजस्तो देखिन्छ । मन्दिरभित्रको दृश्य एकदमै धमिलो देखिन्छ । यस्तो अवस्थामा सतह हेर्न निकै कठिन हुन्छ । चरम अन्धकारका कारण त्यहाँ जाने जो कोही पनि खतरनाक ग्यासका कारण खसेर मर्ने गर्दछ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया