रुसी राष्ट्रपति निर्वाचन : १५ युरोपेली देशमा पुटिन पराजित

काठमाडौँ- रुसी राष्ट्रपतीय निर्वाचनका लागि विदेशमा भएको मतदानमा पुटिन १५ युरोपेली देशमा पराजित भएका छन् । रुसी स्वतन्त्र सञ्चारमाध्यमले मार्च २० मा कुल पाचौँ पटक राष्ट्रपति जितेका पुटिन १५ युरोपेली देशलगायत अर्जेन्टिना, पाराग्वे र इजरायलमा रहेका रुसीहरूले गरेको मतदानमा पराजित भएको जानकारी दिएका छन् । यी देशहरूमा चार वर्षअघि स्थापना भएको पार्टी न्यु पिपलका तल्लो सदनका उपप्रमुख डुमा दाभान्कोभ पहिलो भएका थिए ।
जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीका समर्थकहरूले स्वदेश र विदेशमा रहेका मानिसहरूलाई 'पुटिन विरोधी' मतदान आन्दोलनमा सामेल हुन आह्वान गरेका थिए । विदेशमा, विशेष गरी पूर्वी युरोपमा, जहाँ रूस विरोधी भावना विशेष गरी बलियो छ त्यहाँका मतदान केन्द्रहरूमा लामो लाइनहरू लागेको थियो ।
विदेशमा भएको मतदानको कुल संख्या ३ लाख ८० हजारभन्दा बढी सहभागी थिए । जसमा ६.८ प्रतिशत मात्रै अवैध भोटहरू थिए । केन्द्रीय निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार पुटिनले विदेशबाट खसेको ७२.३ प्रतिशत मत प्राप्त गरेका छन् । दाभान्कोभ १६.७ प्रतिशत मत ल्याएर दोस्रो भएका थिए ।

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

प्रतिक्रिया