बुटवल पुगेर शेखरले प्रश्न गरे- गृहमन्त्री नजोगाई नहुने के हत्ते आईपर्यो ?

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गृहमन्त्री रवि लामिछानेलाई जोगाउन लागेको दाबी गरेका छन् ।
स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले गृहमन्त्री नजोगाई नहुने प्रधानमन्त्रीलाई के हत्ते आईपर्यो भन्दै प्रश्न गरे ।
उनले सङ्क्रमणकालीन न्याय सम्बन्धित टीआरसीलाई राजनीतिक लेनदेनको विषय बनाउन नहुने स्पष्ट पारे ।द्वन्द्वकालीन घटनाका पीडितलाई नजरअन्दाज गर्न नसकिने भन्दै कोइरालाले अन्तर्राष्ट्रिय समुदायबाट यसबारेमा उठाइएका सवाल सुन्न माओवादी तयार छ कि छैन भन्ने प्रश्न गरे ।
कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे । सहकारी ठगी प्रकरणमा मुछिएर उजुरीसमेत परेका गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस अब एक्लै चुनाव लड्ने र कसैको वैशाखी नटेक्ने दाबी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया