आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

प्रधानमन्त्री प्रचण्डसँग आईसीसीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

'नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।'

अध्यक्ष बारक्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताए ।