मध्यरातमा हराएका डिएसपी होटलमा भेटिएपछि...

धनगढी : मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूवपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना ३ ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए ।
दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ईलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् । गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन् । ईलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई जना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायव उपरीक्षक सम्पर्कविहिन भएपछि कैलाली मात्र नभएर सुदूरपश्चिमका प्रहरी अधिकारी तनावमा थिए । एक जना प्रहरी अधिकारीले भने, ‘डिएसपी साप सम्पर्कविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो ।’
यता प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी भएको र खोजीकै क्रममा डिएसपी चौधरी आज बिहान कैलालीकै पहाडी क्षेत्र बुढितोलमा फेला परेको जानकारी दिए । ‘उनी फेला परेपछि सोधपुछ गर्दा सूचना संकलनको लागि गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको जवाफ दिएका छन्,’ डिआईजी सुवेदीले भने, ‘सूचना संकलनकै लागि गएका हुन् वा होइनन् भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरी स्रोतका अनुसार डिएसपी चौधरी आज विहान बुढितोलाको एक होटलमा फेला परेका हुन् । उनी सवार मोटरसाइकल होटल अगाडि भेटिएको थियो भने उनी होटलको एक कोठामा एक्लै भेटिएका थिए ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया