चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था

बेइजिङ : चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दावी छ ।
प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबार सार्वजनिक गरेका थिए ।
यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरूको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेरमापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा रहेका दुई लाख भन्दा बढी विदेशीहरूले चिनियाँ खोप लगाएका छन् । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया