सिन्धु उद्योग वाणिज्य संघमा तिमल्सिना, बस्नेत र खत्री भिड्दै

सिन्धुपाल्चोक- आगामी चैत १० गते हुने व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सोमबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ ।
सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी दिएका तीनै जना मित्र राष्ट्र चीनबाट सामान आयात गर्ने व्यवसायी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विदुर पराजुलीले उम्मेदवारी दिएका छन् । सोमबार प्रथम उपाध्यक्षको पदमा उम्मेदवारी दिएका भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै तृतीय उपाध्यक्ष, महासचिव सह कोषाध्यक्ष र दुई सदस्यमा आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवार भने सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकमा अध्यक्ष होमबहादुर बस्नेत राजकुमारले बताए ।
'हामीले सबै पदको लागि सर्वसम्मत गर्न खोजेका थियौँ । उम्मेदवारका आकांक्षीले नमान्दा निर्वाचनमा जानू परेको हो' बस्नेतले भने 'यो निजी तथा व्यवसायीहरूको संस्था हो । हामीले सके सर्वसम्मत नत्र लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने प्रणाली अपनाएका छौँ ।'
सोमबार उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरूले मतदातामा आफ्नो उपस्थितिलाई तिब्रता दिँदै आएका छन् । तर मतदाताहरूमा भने स-साना खुद्रा व्यवसायीलाई समेट्न नसकेको आरोप लगाउन थालेका छन् ।
निर्वाचनमा मात्रै भोट हाल्नको लागि प्यान दर्ताको कागजात मागेर लैजाने र व्यवसायीहरू आफैँले नवीकरण गरिदिने प्रचलन बढ्दो छ । त्यसैले संघमा समान्य व्यवसायको मागलाई आवाज उठाउन नसक्ने मतदाताहरूको बुझाइ छ । सोमबार उम्मेदवारी दिएकै तीनै जना उम्मेदवारले मतदाता माझ आ-आफ्नो एजेन्डा लिएर जान थालेका छन् । सोमबारदेखि निर्वाचनमा रस्साकस्सी बढ्दै गएपछि व्यवसायी र मतदाताको बाक्लो भेटघाट हुन थालेको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल प्रधान र सूर्य कार्कीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै द्धितिय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र इन्द्रबहादुर राउतले उम्मेदवारी दिएका छन् । सचिवमा तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठ निर्वाचनमा होमिएका छन् । त्यस्तै १५ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।
'संघको स्थापना भएदेखि अहिलेसम्म ३० वर्षको अन्तरालमा दुई पटक मात्रै निर्वाचन भएको छ' बस्नेतले भने 'नत्र सर्वसम्मतबाट नेतृत्व चयन हुँदै आएको छ ।' संस्थालाई सेवामूलक र सामाजिक कार्यप्रति उत्तरदायी बनाउँदै लगेको बस्नेतले बताए ।
अध्यक्षको उम्मेदवार दिएका तिमल्सिना हाल महासचिव छन् । त्यस्तै खत्री मानार्थ उपाध्यक्ष भइसकेका व्यक्ति हुन भने बस्नेत संघको ८ औँ अधिवेशनमा पुर्वअध्यक्ष कमलकुमार श्रेष्ठसँग अध्यक्ष पदमा पराजित भएका हुन् । निर्वाचनमा २४५४ जनाले मतदान गर्न पाउने छन् ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया