इतिहासमा आज

काठमाडौँ- आज चैत ६ गते अर्थात मार्च १९ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १८१२ मार्च १९ मा स्पेनिश कोर्टेसले वंशानुगत राजा अन्तर्गत उदार संविधान पारित गरेको थियो ।
त्यस्तै सन् १८६१ मार्च १९ मा न्युजिल्याण्डमा माओरी युद्ध समाप्त भएको थियो ।
सन् १९३२ मार्च १९ कै दिन अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज आधिकारिक रूपमा खुलेको थियो ।
सन् १९४२ मार्च १९ मा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले दोस्रो विश्वयुद्धको दौडानमा ४५-६४ उमेर समूहका पुरूषहरूलाई गैरसैन्य तालिमका लागि दर्ता समावेशी बनाउन आदेश दिएका थिए ।
नाजी जर्मन सैनिकहरूले सन् १९४४ मार्च १९ मा हंगेरी कब्जा गरेका थिए ।
युद्धविराम पछि अल्जेरिया शान्त भयो र १९६२ मार्च १९ मा फ्रान्सेली र अल्जेरियन राष्ट्रवादीहरूबीचको सात वर्षको युद्ध समाप्त भएको थियो ।
सन् १९७७ मार्च १९ मा गणतन्त्र कंगोका राष्ट्रपति मारियन नगौबीलाई ब्राजाभिलस्थित निवासमा हत्या गरिएको थियो ।
सन् १९९३ मार्च १९ मा जर्जियाले पृथकतावादी अब्खाजिया क्षेत्रमा एक रूसी लडाकु विमानलाई गोली हान्यो । र, पाइलटको हत्यापछि दुई देशहरूबीचको तनाव बढ्यो ।
आजकै दिन अर्थात् सन् १९९४ मार्च १९ मा कम्बोडियन सरकारले खमेर रुजको मुख्य गढ, पैलिनको नियन्त्रण कब्जा गरेको थियो ।
सन् १९९७ मार्च १९ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले इराकविरुद्ध युद्ध सुरु गर्न आदेश दिएका थिए ।
सन् २००३ मार्च १९ मा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई निर्वासनमा जानको लागि समय सीमा सकिएको थियो । त्यसपछि अमेरिकाले आक्रमण सुरू गरेको थियो ।
सन् २०१० मार्च १९ कै दिन यमनका राष्ट्रपतिले उत्तरी विद्रोहीहरूसँग देशको ६ वर्षे युद्ध समाप्त भएको घोषणा गरेका थिए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया