बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

पुटिनलाई ७ करोड ६० लाख रसियालीले दिए मत

फाइल तस्बिर

मस्को- भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदका लागि लगातार पाँचौं पटक चुनाव जितेका छन् । उनले रूसी चुनाव २०२४ मा करिब ८८ प्रतिशत मत ल्याएर जितेका हुन् ।

रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन विजयी भएको जनाएको छ । उनले कीर्तिमानी मत ल्याएर पाँचौं कार्यकाल राष्ट्रपतिमा निर्वाचित गरेका हुन् । ७१ वर्षीय पुटिनले सन् १९९९ यता एकपटक पनि चुनाव हारेका छैनन् ।

रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार करिब १०० प्रतिशत क्षेत्रको मतगणना भएको र पुटिनले ८७.२९ प्रतिशत मत प्राप्त गरेको बताएको छ । आयोगका प्रमुख एला पाम्फिलोभाले पुटिनलाई करिब ७ करोड ६० लाख मानिसले मतदान गरेको बताइन्, जुन उनले अहिलेसम्म पाएको सबैभन्दा बढी मत हो ।

यस चुनावमा पुटिनको जितले देशको राजनीतिक प्रणालीमा उनको नियन्त्रणलाई रेखांकित गर्दछ । पुटिनको सामना गर्ने तीन जना मात्र उम्मेदवार थिए । युक्रेन युद्धको विरोध गर्ने जो कोहीलाई पुटिनको विरुद्धमा भाग्न अनुमति थिएन ।

रुसी संविधानमा कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था छ । जसका कारण ८ मे २००८ मा पुटिनले आफ्ना प्रधानमन्त्री दिमित्री मेदवेदेवलाई रुसको राष्ट्रपति बनाए र स्वयम् आफु भने प्रधानमन्त्री बनेका थिए । नोभेम्बर २००८ मा् दिमित्रीले राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्षमा बढाउन संविधान संशोधन गरेका थिए । यसपछि सन् २०१२ मा पुटिन फेरि रुसको राष्ट्रपति बने । जनवरी २०२० मा पुटिनले संवैधानिक संशोधनमार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गरे । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ ।

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास छ

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता