महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या पार्यो, साझा सहकार्य जरुरी

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट शुक्रबार सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गरे ।
नेपालमा कोभिड सङ्क्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित भएको उनको भनाइ छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया