सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्छ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने बताएका हुन् । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाइ छ ।
सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफूहरू रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरूले त्यसलाई पालना गर्नुपर्ने उनले बताए ।
त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चुनौती दिए ।
उनले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरू उपर लागेका आरोपहरूको अनुसन्धान गर्दा प्रभावित हुने विषयलाई कांग्रेसले संसदमा उठाएको भन्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया