रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री श्रेष्ठले सो बारे जानकारी दिएका छन् ।
आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउने वार्ता अघि बढाएको बताए ।
उनले रुसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रुसलाई अनुरोध गरिएको उनको भनाइ छ ।
‘मैले रुसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरेँ । रुसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रुसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ बैठकमा मन्त्री श्रेष्ठले भने ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया