नीति तथा कार्यक्रममाथि छलफल, विपक्षी सांसदले गरेनन् समर्थन

हेटौंडाः बागमती प्रदेश सभामा शुक्रबारबाट आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिFदै सांसद शालिकराम जम्मकट्टेलले हावादारी नीति तथा कार्यक्रम आएको बताएका छन् । उनले विद्धानले लेखेको शब्दजालको नीति कार्यक्रम प्रस्तुत भएको भन्दै गुनगाई मात्र गाइएको बताए । एउटै कुरा धेरै बुँदामा दोहोरिएर आएको उनको भनाइ छ । उनले छलफल नै नगरी बहुवर्षीय योजनाहरुको लागि बजेट सिलिङ जिल्ला जिल्लामा पठाएकोमा आपत्ति जनाए ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न आफू विरोधी नभएको बताउँदै संघीय सरकारले पूर्वाधार विकास समितिलाई दिएको अनुमति खारेज नभई अगाडि बढ्न नहुने र मकवानपुर तथा काठमाडौँका नागरिकसँग शेयरको नाममा उठाइएको रकमको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उनको भनाइ छ । उनले कमिसनको चक्करमा नलाग्न पनि सरकारलाई आग्रह गरेका छन् । विद्युतीय सवारी खरिद प्रक्रिया अघि बढाएर जनताको पैसा नफसाउन उनले आग्रह गरे । उपलब्धी नै नभएको नीति तथा कार्यक्रम समर्थन गर्न नसक्ने उनले स्पष्ट गरेका छन् ।
यता सांसद राजेन्द्र पाण्डेले पनि सुरुङमार्ग निर्माण गरेर अहिले १८ अर्ब बजेट विनियोजन गरेर काम गर्नु उचित नभएको बताए । यो सरकारको समय नभएकोले ११ महिनामा अर्को आउने सरकारले निरन्तरता दिन नसक्ने भएका कारण भीमफेदी कुलेखानी सुरुङमार्गमा प्राथमिकता नभएको बताए । विद्युतीय बस संचालन गरेर सरकारले चालउने विषयमा पनि प्रतिस्पर्धाका बिचमा सरकारले विद्युतीय बस चलाउन नसक्ने उनले बताए । सांसद मुनु सिग्देलले पनि विद्युतीय बस खरिद सरकारले गर्ने र चार्जिङ स्टेशन नीजि क्षेत्रलाई बनाउन दिने भन्दा पनि सरकारले चार्जिङ स्टेशन निर्माण गरेर नीजि तहलाई बस चलाउन दिनुपर्ने बताइन् ।
सांसद प्रभाव तामाङले भने नीति तथा कार्यक्रम वैद्यता नआएको बताएका छन् उनले जेठ १४ मा प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गरेको र जेठ १५ मा अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी ०७८/७९ बजेट बक्तव्यलाई आधार मानेर नीति कार्यक्रम प्रस्तुत गरेकोले यसको वैद्यता प्रष्ट गर्न सरकारसँग माग गरे । सांसद रमेश पौडेलले पनि हावदारी नीति र कार्यक्रम आएकोले विश्वास योग्न नभएको बताए ।
सांसद नरोत्तम वैद्यले भने आगामी वर्षमा सांसदले बाड्ने ३ करोड र समानुपातिक सांसदलाई दिने गरेको १ करोड रुपैयाँ बजेट विनियोजन नगर्न सुझाव दिए । उनले यो रकमले कोभिड खोप किनेर प्रदेशबासीलाई लगाउनु पर्ने माग राखे । सांसद विशाल खड्काले भने सुशासन फोकस नीति तथा कार्यक्रम नआएको भन्दै समर्थन गर्न नसक्ने बताएका छन् ।
सांसद विराजभक्त महर्जनले प्रदेश सरकारले राजश्व बढाउने भनेर ल्याएको नीतिको विरोध गरे । राजश्व बढ्दा महंगी बढ्ने हेक्का सरकारले नराखेको उनको भनाई थियो । कोभिड आम नागरिक थलिएको बेला सरकार राजश्व बढाउने तिर लागेको भन्दै सेवा दिने कुरा नगरेको बताए । संघ सरकार चुरेको ढुंगा गिटी बालुवा बेच्नुपर्छ भन्छ प्रदेश नीतिमा यसलाई बचाउनुपर्छ भनेर दुई चरित्र देखाएको उनले बताए ।
गत ४ वर्षमा ल्याएको नीति कार्यक्रमको समिक्षा गरेर सार्थ नीति कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिए । शुक्रबार प्रदेश सभामा बोल्ने अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गरेनन् । शुक्रबार ४५ सांसदले छलफलमा बोलेका थिए । उनीहरुले आगामी नीति तथा कार्यक्रमबारे चर्का आलोचना गरे । लगातार पौने ५ घण्टा चलेको प्रदेश सभा वैठक शनिबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया