भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

भोजपुर - भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका ३ जना बालबालिकाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो ।
गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भोजपुरको टक्सारमा जंगलबाट सुरु भएको आगो बस्तीमा पस्दा ८ घर पूर्ण रूपमा जलेका छन् ।
भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जंगलमा लागेको आगो बस्तीमा पस्दा घर-गोठ जलेको हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया