कोभिड संक्रमणले परीक्षा नियन्त्रकको मृत्यु
बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँ कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाडौँकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन् । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्व सह-प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए । उनका एक छोरा एक छोरी र श्रीमती छन् ।

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

प्रतिक्रिया