तीन हजार ७५० कोभिड संक्रमित थपिए, कति जना कोभिडमुक्त भए ?

काठमाडौँ : गएको २४ घण्टामा मुलुकभर दुई हजार सात सय नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको नौ हजार पाँच सय ९८ पीसीआर परीक्षणमा दुई हजार सात सय नौ जनामा कोरोना पुष्टि भएको हो ।
पाँच हजार पाँच सय ८४ एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षमार्फत एक हजार ४१ संक्रमित देखिएको हो । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल तीन हजार ७५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।
२४ घण्टामा पाँच हजार दुई सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको कुल संख्या पाँच लाख २० हजार आठ सय १६ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या आठ हजार तीन सय पाँच पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया