पूर्वसचिव कोरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ पुस्तक लोकार्पण

काठमाडौँ- नेपाल सरकारका पूर्व सचिव शम्भु कोरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
शुक्रबार काठमाडौँको पुतलीसडकमा आयोजित कार्यक्रममा ओखलढुंगा निवासी नेपाल सरकारका पूर्व सचिव शम्भु कोइरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ नामक पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषेत्तम दाहालले नमागिएको सल्लाह पुस्तक नेपालको प्रशासनिक संयन्त्र, राजनीति तथा आर्थिक आलेखको संग्रह भएको उल्लेख गरे । उनले पूर्व प्रशासकहरूले आफूले पदमा रहँदा गरेका कार्यहरूको आत्म समीक्षा गर्नुपर्ने समेत धारणा राखे ।
कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ पत्रकार दाहालले कोइरालाको नमागिएको सल्लाह नामक पुस्तकका लेखकको अनुभवको मात्र संग्रह नभई नेपालको प्रशासनिक, राजनीतिक, आर्थिक विचारहरूको समेत संग्रह भएको जानकारी गराए । उनले लेखक शम्भु कोइरालाले यस पुस्तकमा आफू नेपाल सरकारको सचिव पदमा रहँदा संगालेका अनुभवहरू र सुभावहरू समेत समेटिएको बताए ।
कार्यक्रममा पूर्व सचिव, प्राध्यापक तथा प्रशासकहरूको उपस्थिति रहेको थियो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_W2AFccR8nh_bme38nocuv3geqdjpchilotiszqeoparlwa0i8cxxbli3wb1h6u8ma2orbyd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया