नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १ गते बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहकहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने शेयरधनीहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८१ को अग्रिम शुभकामना समेत व्यक्त गरेका छन् । आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए ।
यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।
'किनकि जीवन अमूल्य' छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरूको घर दैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० पौष मसान्तसम्ममा लगानी रु. १८७.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ३३ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उपप्रादेशिक कार्यालय र १८५ वटा शाखा/उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
यसका साथसाथै कम्पनीले हालसम्म रु २४४.२९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया