‘अवतार’को कस्ट्युम टिमले बनाउनेछ ‘रामायण’का लागि ऋतिक र प्रभासको कपडा

मुम्बई : दुई वर्षअघि रिलिज भएको ‘वार’यता ऋतिक रोशनले कुनै फिल्मको सुटिङ सेट ज्वाइन गरेका छैनन् । धेरै फिल्ममा उनको नाम जोडिने गरेका भए पनि स्वतन्त्र रुपमा पुष्टि भएको छैन ।
तर, ऋतिकले निर्माता मधु मन्टेनाले बनाउन लागेको फिल्म ‘रामायण’ भने खेल्ने सम्झौता गरेका छन् । अहिले यसको प्रिप्रडक्सनको काम धमाधम भइरहेको छ । तर, खबरअनुसार यो फिल्मको कस्ट्युम डिजाइनका लागि निर्माण टिमले हलिउड फिल्म ‘अवतार’को कस्ट्युम टिमलाई जिम्मा दिएको छ । विशेषत यो टिमले ऋतिकले लगाउने लुगा डिजाइन गर्नेछ ।
फ्लोरमा जाने मिति तय नभएको फिल्ममा ऋतिकले रावणको भूमिका निर्वाह गर्ने चर्चा छ । फिल्ममा रामको भूमिका भने प्रभासले निर्वाह गर्नेछन् । सीताको भूमिकाका लागि भने निर्माण टिमले हिरोइनको खोजी गरिरहेको छ । केही दिनअघि करिनाले सीता बन्न १२ करोड भारु मागेपछि निर्माता हच्किएको समाचार आएको थियो ।
निर्माण टिमले दीपिका पादुकोनसँग पनि कुरा गरिरहे पनि कुरा मिलिसकेको खबर आएको छैन । यो फिल्म अघि प्रभासले रामायणमै आधारित ‘आदिपुरुष’को सुटिङ सक्नेछन् । यो फिल्ममा पनि प्रभासले रामकै भूमिका निर्वाह गरिरहेका छन् भने रावणको भूमिका सैफअलि खानले निर्वाह गरिरहेका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया