शैक्षिक बेरोजगारको कथा (फोटो फिचर)

काठमाडौँ- नाटक कलाको पुरानो विधा हो । प्रत्यक्ष अभिनयबाट दर्शकसामु प्रस्तुत गरिने हुँदा यसले छुट्टै मनोरञ्जन दिन्छ । फिल्म, डकुमेन्ट्री भन्दा यो क्लिष्ट र उत्कृष्ट कला हो ।
नेपालमा पछिल्लो समय नाटक मञ्चन तीव्र गतिमा भइरहेको छ । दर्शकहरूको चाखका कारण पनि यो विधा फष्टाउँदै गएको छ । विभिन्न थिएटरहरूमा पुराना सदियौं अघिका कथाहरू नाटकको रुपमा मञ्चन भइरहेका छन् ।
ओस्कार इन्टरनेशनल कलेज सुकेधाराको साधना घर थिएटरमा रिफन्ड मञ्चन भइरहेको छ । रिफन्ड ८६ वर्षअघि लेखिएको कथा हो । जहाँ निजी विद्यालयले गर्ने ज्यादतीको बारेमा उल्लेख छ ।
डान्स विफरको प्रस्तुति 'रिफन्ड' हाम्रो आफ्नै कथा हो । हरेक नेपालीको कथा हो । भलै यो वर्षौं अघि लेखिएको होस् तर, आज पनि उतिकै सान्दर्भिक छ । एक विद्यार्थी जसले वर्षौं पढ्दा पनि जागिर पाउँदैन ।
उसका सर्टिफिकेट कहीँ बिक्दैन अनि ऊ सर्टिफिकेट फिर्ता गर्दै आफूले तिरेको शुल्क रिफन्ड माग्छ यसमै नाटक घुमेको छ । चैत ३ सम्म प्रदर्शन हुने नाटकमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया