ओस्कार कलेजमा नाटक 'रिफन्ड' प्रदर्शन, आइतबार अन्तिम दिन

काठमाडौँ- ओस्कार इन्टरनेशनल कलेजले नाटक 'रिफन्ड' प्रदर्शन भइरहेको छ ।
डान्स फिबरद्वारा प्रस्तुति उक्त नाटकमा कलेजका विभिन्न ब्याचमा अभिनय विशिष्टीकरणमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ ।
ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक 'रिफन्ड' गत फागुन २७ गते आइतबारबाट सुरु भएको हो । कलेजले विद्यार्थीहरूको यस प्रयासलाई आएर हेरी हौसला दिन सबैमा आव्हान गरेको छ ।
यस नाटक नेपालमा अध्ययन हुने कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यक्रम अन्तर्गत रहेको छ । नाटक फागुन २७ गते आइतबार नियमित रूपमा साँझ ५ बजे मञ्चन भइरहेको छ ।
नाटक दैनिक ३ देखि ५ वटामा देखाइँदै छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको कलेजले जनाएको छ । कलेजका अनुसार थुप्रै कलाकारहरूले नाटकलाई हेरेर राम्रो प्रतिक्रिया समेत दिएका छन् । यो नाटक सबैले एकपटक हेर्नै पर्ने उनीहरूको भनाइ छ ।
'११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक भएको हुँदा ११ कक्षामा पढ्ने विद्यार्थीहरूलाई विशेष रूपमा यो नाटक हेर्न नछुटाउनु हुनु आव्हान गर्दछौँ,' कलेजले भनेको छ ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया