बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

सम्यक महादान पर्व (फोटो फिचर)

काठमाडौँ- ललितपुरमा हरेक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व मनाइन्छ । यो पटक पनि आज र भोलि मनाइँदैछ ।

ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरूसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्‍याइनेछ ।

इतिल्हने सम्यक महादान पर्वमा १ सय ३२ वटा देवदेवीहरू सामेल हुने आयोजक हिरण्यवर्ण महाविहारका अध्यक्ष पुष्पराज बज्राचार्यले बताए ।

तस्बिरहरू : अनुज बज्राचार्य