मुख्यमन्त्री पोखरेल भन्छन्: सांसदको उपस्थितिले बहुमत पुष्टि गर्यो

बुटवल : नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेश सभामा बहुमत सदस्यको उपस्थिति रहेको लुुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण त्यो उपस्थितिले गरेको टिप्पणी गरेका छन् ।
विपक्षीहरूले सरकारले विश्वासको मत लिर्नु पर्ने बताइरहेको बेला शुक्रबार प्रदेश सभाको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्ने क्रममा मुख्यमन्त्री पोखरेलले संसद्मा सांसदको उपस्थितिले बहुमत रहेको पुष्टि गरेको टिप्पणी गर्दै विश्वासको मत नलिने संकेत गरेका हुन् ।
उनले भने, ‘सदनमा प्रदेश प्रमुखको सम्बोधन संसदीय अध्यासको विशेष दिन हो । तर विपक्षी साथीहरूले नबुझेर हुन सक्छ बहिस्कार गर्नु भयो । त्यही नराम्रो भित्र राम्रो कुरा प्रमाणित भयो । अल्मतमा रहेको भनेर लगाइएको आरोप त्यहाँको बहुमत सदस्यको उपस्थितिले सरकार बहुमतमा रहेको पुष्टि गर्यो ।’
प्रदेश प्रमुखले कानुन मिचेर मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएको भन्दै विपक्षीहरूले सांकेतिक रूपमा विरोध गरेको नीति तथा कार्यक्रममा भएको उपस्थिति बहुमत भएको पोखरेलले तर्क गरे । उक्त कार्यक्रममा विपक्षी दलका प्रमुख सचेतक मात्र सहभागी भएर अन्य प्रदेश सभा सदस्यहरूले कार्यक्रम बहिस्कार गरेका थिए ।
उनीहरूले प्रदेश प्रमुखको सांकेतिक विरोध गरेको बताएका थिए । तर दलगत सहभागिताका लागि एक एक जना सदस्य लाई बैठकमा पठाएका थिए । त्यहीँ उपस्थितिलाई मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको समर्थन रहेको देखाएको बताएका छन् । उनले प्रदेश सरकार तुलनात्मक रूपमा कोभिड नियन्त्रण र विकास निमार्णको कार्यसम्पादनमा अन्य प्रदेशको तुलनामा अग्रणी रहेको दाबी गरे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया