चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या — प्रमुख शाह

काठमाडौँ - चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् ।
विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै उनले, चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका कुनाकुनामा पुग्ने भएकोले निरन्तर सफाइ गर्दा पनि सहरलाई अपेक्षित स्वच्छ बनाउन कठिन भएको बताएका छन् ।
महानगरपालिकाले आफ्नोतर्फबाट २२ स्थानमा संरचना हटाउने लगायतका काम गरिसकेको धारणा राख्दै शाहले, महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने आयोजना कार्यान्वयनका प्रक्रियाका विषयमा समन्वय नगरिएको, संवाद नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै प्रमुख शाहले काठमाडौँलाई देशको विकास पद्धतिको बिम्ब भनेका छन् । यस्तै सडक निर्माण कार्यले सडकसँग मात्र सम्बन्ध राख्ने नभइ सामाजिक, आर्थिक तथा वातावरणीय ह्राससँगको क्षतिको विषय उठान गरेका छन् ।
एकीकृत र समन्वयात्मक विकासको अवधारणालाई व्यङ्ग्य गर्दै उनले उपत्यका सार्वजनिक यातायात प्राधिकरणलाई समेत सडक निर्माणको आधारभूत विषयमा जानकारी नदिएको उल्लेख गरेका छन् ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया