विमानस्थलले बिदाइमा खादा होइन नमस्कार खोज्छ, गला मिलाए खर्च कटौती!

काठमाडौँ- काभ्रेका सञ्जिव तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा पुगे । हातमा रातो रङ्गको खादा लिएर उभिएका छन् । मंगलबार बिहान उनी भाइलाई बिदाइको खादा लगाइदिन विमानस्थल पुगेका हुन् । सय रुपैयाँमा दुई वटा बाटोमा खरिद गरेको सञ्जिवले बताए ।
भाइ मनोज तामाङ दुबई जान लागेकाले बिदा गर्न आएको उनी बताउँछन् । बौद्ध बस्ने भाइ दुबई जान लागेका उनी बिदाइ गर्न त्यहाँ पुगेका हुन् । भाइको मध्यान्ह १ बजेको उडान भएकाले अन्तिम बिदाइ लागि स-परिवारसहित पुगेका थिए ।
सञ्जिवले बिदाइमा उनले भाइलाई लगाउन खादा ल्याएका छन् । खादा लगाएर उनले भाइलाई शुभकामना दिए । ‘राम्रोसँग कमाएर आउनु, माला र खादासँग दाइलाई कहिले नबिर्सनु,’ उनले बिदाइ गर्दै भने ।
भाइलाई बिदाइ गर्न आएका परिवारका अन्य सदस्यले पनि खादा र माला लगाइदिए ।
सर्लाहीका सुरेन्द्र मण्डल पनि साथीलाई विमानस्थल छोड्न आएका छन् । साथीको झोला बोकेर उभिएका उनको हातमा सयपत्री फूलको माला छ । साथी दिपेश कतार जान लागेकाले उसलाई छोड्न आएको उनले बताए ।
गाउँबाट दिपेशका आफन्तहरू कोही बिदाइ गर्न नआएकाले उनी बिदाइ गर्न पुगेका हुन् । कालोपुलमा बस्ने सुरेन्द्रकोमा आएर बसेका थिए उनी । बिदाइ गर्नका लागि तिलगंगा अगाडिको बाटामा माला बेच्नेसँग फूलको माला किनेको उनले बताए ।
त्रिभुवन विमानस्थलबाट दैनिक १२ सयभन्दा बढी मानिसहरू विभिन्न मुलुक जाने गर्छन् । धेरैका घाटीमा बिदाइका बेला साथीभाइ तथा आफन्तले खादा र फूलको माला लगाइदिन्छन् ।
विमानस्थल परिसरको बाहिरपट्टि लगाइने माला भने एकछिन मात्र लगाउन पाइन्छ । भित्र पुगेपछि यात्रीको गलामा न फूलको माला हुन्छ न त खाँदा नै । खादा र माला सबै फोहोर राख्ने डस्बिनमा यात्रीले राख्नुपर्छ । विमानस्थलको सुरक्षा दृष्टिकोणले पनि यात्रीले आफूलाई आवश्यक बाहेक अन्य सामग्री लैजान पाउँदैनन् ।
पत्रकार विमर्स कँडेलले सामाजिक सञ्जालमा त्रिभुवन विमानस्थलस्थित क्याफे अघिको डस्टिबनमा राखिएको खादाको फोटो पोष्ट गरेर केही बेरमै मिल्काउने भए किन खर्च गर्ने भनेर प्रश्न गरेका छन् ।
‘आफ्ना मान्छेलाई नमस्कार, गला मिलाउनुहोस र बिदाइ गर्नुहोस,’ उनले भनेका छन्,’ त्यो भन्दा अर्को आत्मीय बिदाइ अरु के होला र ।‘
विमानस्थललाई संवेदनशील क्षेत्र मानिएकाले यात्रुहरूलाई खादा लगाएर भित्र प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवाष झाले खादा लगाएर विमानस्थल भित्र प्रवेशको अनुमति नदिएको बताए ।
यात्रुहरूले लगाएको खादाले विमानस्थल भित्रको वातावरण फोहोर हुने गरेको झाको भनाइ छ । ‘धेरै यात्रुले केही क्षण गलामा खादा लगाए पनि भित्र पुगेर फाल्ने गरेका छन्,’ उनले भने,’ विमानस्थलको एक्स रे मेसिनमा असर गर्छ । एक्स रे मेसिनको बेल्टलाई क्षति गर्न सक्छ ।‘
विमानस्थलका सफाइ कर्मचारीले सफासुग्घर गरिरहने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटक आवतजावत हुने भएकाले सरसफाइमा विशेष ध्यान दिएको उनले बताए ।
यात्रुले चेकिङ एरियादेखि आवश्यक सामग्रीदेखि बाहेक अरु लैजान नपाउने उनले बताए । विमानस्थल संवेदनशील क्षेत्र भएकाले सबै यात्रु सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘यात्रुको संस्कृतिमा खादा लगाउनु पर्ने भएकाले हामीले कसैलाई नलगाउनुहोस् भन्न मिल्दैन । मानिसको भावनात्मक सम्बन्धलाई प्रश्न गर्न मिल्दैन ,’ उनले अगाडि थपे,’ विमानस्थललाई व्यवस्थित सेवाग्राहीदेखि सबै सचेत हुनुपर्छ ।‘
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा विदेश जाने आफन्तका तीन जनाभन्दा बढी जान नपाइने भनेर सूचना जारी गरिसकेको छ । विदेश जानेलाई बिदाइ गर्न तीन जना भन्दा बढी जाने गरेको उनले सुनाए ।
कार्यालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइका लागि आवश्यक सफाइकर्मी राखिएको उनले बताए ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_neagkKte3f_oc7z14jymq4blyrf6khupbcpa3vkcgxi03rm3ii1rkjyakz36uc7dsnsegqa.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

प्रतिक्रिया