बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्काे - द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल–७६  विमान जंगलमा खसेको जनाएको छ ।  

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ ।

अनलाइन समाचार माध्यमहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

“मस्कोको स्थानीय समयअनुसार दिउँसो एक बजे  एक आइएल–७६  सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । 

चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरेपनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । 

टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जंगलमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालक दल सक्षम भएको थियो । 

यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ ।
---

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास छ

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता