स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

काठमाडौँ- के बालबालिका, के युवा, के वृद्ध, नेपाली बजारमा छोटो समयमा एकदमै लोकप्रियता कमाउन सफल विश्वव्यापी प्रसिद्ध स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरू बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोनहरू उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध छ ।
इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट परफरमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४जीवी र्याम र ६४ जीवी रोममा रु १३,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरूमा उपलब्ध रहेका छन् ।
इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइनसहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी ३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्रो ४जीवी र्याम र ६४जीवी रोम तथा ४जीवी र्याम र १२८जीवी रोममा क्रमश: रु १२,९९९ र रु १३,४९९ मा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरूमा उपलब्ध रहेका छन् ।
इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । परफरमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३जीवी र्याम र ६४ जीवी रोम तथा ४जीवी र्याम र १२८ जीवी रोममा क्रमश: रु ११,४९९ र रु १२,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक रंग –टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया