कागजात चोरी गरेको आरोपमा मेटाले एक पूर्व कर्मचारीविरुद्ध दायर गर्यो मुद्दा

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म्स इन्कले कागजात चोरी गरेको भन्दै आफ्ना एक पूर्व उपाध्यक्षमाथि मुद्दा दायर गरेको खुलासा भएको छ ।
मेटामा १२ वर्ष काम गरेका दिपिन्दर सिंह खुरानामाथि कार्यालय छाड्ने समयमा कम्पनीको अत्यधिक संवेदनशील, गोप्य र सार्वजनिक गर्न नमिल्ने कागजात चोरी गरेको आरोपमा मुद्दा दायर गरिएको ब्लुमबर्गले जनाएको छ ।
खुरानाविरुद्ध मेटाले गत फेब्रुअरी २९ तारिखमै क्यालिफोर्निया स्टेट कोर्टमा दायर गरिए पनि उक्त विषयलाई गोप्य राखिएको थियो । उनीमाथि आफ्नो सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ ।
मेटाले दाबी गरेअनुसार कम्पनी छाड्दै गर्दा खुरानाले मेटामा कार्यरत कर्मचारीको तलब र काम साथै कम्पनीले गरेका सम्झौता जस्ता कागजात व्यक्तिगत गुगल ड्राइभ र ड्रपबक्स अकाउन्टमा राखेका थिए ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया