सिडिएस पार्क मुगुले निर्माण गर्याे अपाङ्गमैत्री भौतिक संरचना

मुगु- मुगु जिल्लाको एक गैर सरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ ।
कोर ग्रुपको आर्थिक सहयोग र सिडिएस पार्क मुगुको आयोजनामा निर्माण गरिएका भौतिक संरचना र आवश्यक स्वास्थ्य सामग्रीहरू सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले उद्घाटन गरी सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले अस्पताल व्यवस्थापन समितिका सदस्य देवीलाल मल्ललाई सो सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
नागरिकको स्वास्थ्य क्षेत्रलाई माथि उकास्न र विशेष गरेर अपांग भएका व्यक्तिहरूको स्वास्थ्यमा टेवा पुग्ने र आवतजावतमा सहज बनाउन अपांगमैत्री भौतिक संरचना र सामग्रीहरू हस्तान्तरण गरिएको सिडिएस पार्क मुगुले जनाएको छ ।
बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रम परियोजनाको आर्थिक सहयोगमा अस्पताललाई रेलिङ, र्याम्प, ट्याकटाईल, अस्पतालको विभिन्न स्थानहरूमा नेमप्लेट जस्ता अति आवश्यक संरचनाहरू निर्माण गरिएको सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक शाहीले बताए । साथै अस्पताललाई थप आवश्यक सामग्रीहरू ह्वीलचियर, वाकर, वैशाखी, हाईड्रोलिक बेड समेत हस्तान्तरण गरिएको छ ।
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया