जापानद्वारा क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ - जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
जापान सरकारले ७४ हजार ३३ अमेरिकन डलर बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । जापानले क्यान्सर सेन्टरलाई अपरेसन रुमका लागि क्यामरा मोनिटर र लाइटहरु सहयोग गरेको छ ।
राजदूत किकुताले यी सामाग्रीहरुले स्वास्थ्य सेवा उपलबध गराउन सहज हुने विश्वास व्यक्त गरे । काठमाडौं क्यान्सर सेन्टर सन् २०१६ मा स्थापना भएको हो । सेन्टरले क्यान्सरको उपचार र परामर्श प्रदान गर्दै आएको छ ।

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

प्रतिक्रिया