बाग्मती प्रदेशको नीति तथा कार्यक्रम अपुरो : सांसद छिरिङ दोर्जे
कोभिड खोप पनि निःशुल्क छैन, पछि सशुल्क बनाउने हो कि ?
हेटौंडाः बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आएको विपक्षी सांसदहरुले बताएका छन् । सरकारले आगामी वर्षमा कोभिड–१९ सम्बन्धी खोपको व्यवस्था गर्न प्रदेश प्रमुख कोभिड–१९ कोष स्थापना गर्ने बताएको छ । कोभिड परीक्षण निशुल्क गर्ने व्यवस्था गर्ने भनेर भनिएपनि निशुल्क खोप लगाउने बारे स्पष्ट नभनेको कांग्रेस सांसद छिरिङ दोर्जे लामाले बताए । उनले सरकारले निःशुल्क खोप नभन्दा पछि सशुल्क पो हुने हो की भनेर आशंका व्यक्त गरेका छन् ।
आगामी वर्षको नीति तथा कार्यक्रम नारा नै नाराले भरिभराउ भएर आएको उनले बताए । उनले यो नीतिले काठमाडौं उपत्यकाको संरचना र बासिन्दालाई नछोएको बताए । मानव पुँजी विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि कहाँ परिचालन गर्ने स्पष्ट नभएकोले अपुरो ढंगबाट नीति तथा कार्यक्रम आएको उनको भनाई छ । उनले चालू वर्षको नीति कार्यक्रम भन्दा फरक कार्यक्रम ल्याउन सरकारले नसकेको बताए ।
विवेकशील साझाका सांसद रमेश पौडेलले आगामी नीतिले कोभिडको खोप मामिलामा अपेक्षा अनुसारको कार्यक्रम नआएको बताए । पहिलेकै कार्यक्रमलाई निरन्तरता दिएर आगामी नीति तथा कार्यक्रम ल्याइएको उनको भनाई छ । ‘कोभिडले असर गरेको पर्यटन व्यवसाय, रोजगारी गुमेका र भुईमान्छेलाई सम्बोधन गर्न सक्ने नीति तथा कार्यक्रम नआएको उनले स्पष्ट गरे ।
उनले नीति तथा कार्यक्रम संसोधनको समय ४८ घण्टाबाट १२ घण्टा पु¥याएकोमा आपत्ति जनाएका छन् । उनले यो गलत भएको भन्दै यसले विधि र प्रणालीलाई नै कमजोर बनाउने बताए । अध्यययन गरेर संशोधन गर्न सो समय राखिएको भन्दै कुनै विकल्प नै नभएको अवस्थामा सरकारले समय घटाउनु उचित हुने उनको भनाई छ । सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने भएको कारण संशोधन गर्ने समय घटाएको हो ।
प्रमुख विपक्षी दल नेकपा माओवादीले दिएको सुझावलाई प्रदेश सरकारले केही मात्र सम्बोधन गरेको छ । काभिड विरुद्ध खोपको व्यस्थापन, धादिङको रुबी भ्याली एकीकृत विकास लगायतको सुझावहरु नीति कार्यक्रममा समावेश गरेको छ । तर सुरुङमार्गलाई निरन्तरता नदिन दिएको सुझाव भने प्रदेश सरकारले निरन्तरता दिएको छ ।
माओवादी संसदीय दलको नेता शालिकराम जम्कट्टेलले आगामी नीति तथा कार्यक्रम व्यवस्थित नआएको बताएका छन् । नीति तथा कार्यक्रम माथि शुक्रबार बिहान बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया