सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

गृह सचिवमा एकनारायण अर्याल

काठमाडौँ- सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो ।

यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए । अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो ।