सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति

काठमाडौँ- मधेश केन्द्रित तीन दलबीच सहकार्य गर्ने सात बुँदे सहमति भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन् । आइतबार भएको सात बुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ ।
त्यस्तै, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने सहमति गरेका छन् । यससँगै रोजगारी सिर्जना, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने सहमतिमा उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया