वन विनाश रोकेर विकासमा ध्यान दिन्छु : नवनियुक्त मन्त्री साह

काठमाडौँ- नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पद बहाली गरेका छन् ।
आइतबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पद बहाली गरेका हुन् । पदबहालीपछि मन्त्री सुडीले वन विनाश रोकेर वनको विकासमा ध्यान दिने बताए ।
वनको धनी नेपालमा विदेशबाट काठ ल्याउनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले वन क्षेत्रको विकास हुन नसके मुलुकको समृद्ध हुन नसक्ने जिकिर गरे ।
पद बहाली गर्दै मन्त्री सुडीले वन मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षा कोषले श्रमिक र तिनका परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

प्रतिक्रिया