नासाको अन्तरिक्ष यानले बृहस्पतिको चन्द्रमाका लागि बोक्ने विशेष सन्देशमा के लेखिएको छ ?
काठमाडौँ- अक्टोबरमा प्रक्षेपणको तयारी गरिएको नासाको युरोपा क्लिपर मिसनले बृहस्पतिको चिसो चन्द्रमाको सतह मुनि जीवनलाई समर्थन गर्न सक्ने स्थानहरू भएको वा नभएको भन्ने अध्ययन गर्नेछ ।
तर अक्टोबरमा नासाले युरोपा क्लिपर मिसनको प्रक्षेपण गर्दा अन्तरिक्षयानले युरोपामा सम्भावित जीवनको लागि विशेष सन्देशसहितको त्रिकोणीय धातु प्लेट समेत बोक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
बृहस्पतिको चन्द्रमाको बरफको क्रस्टमुनि एउटा महासागरको बलियो प्रमाण दिएको र यसमा पृथ्वीका सबै महासागरहरूमा पाइने पानीको दोब्बर भन्दा बढी मात्रा हुन सक्ने नासाले दावी गरेको छ ।
अनुसन्धानका लागि पठाइन लागिएको अन्तरिक्षयानमा लेखिएको सन्देशमा भने अमेरिकी कवी अदा लिमोनको कविता, २६ लाख सर्वसाधारणको नाम लेखिएको सिलिकन माइक्रोचिपसँगै विभिन्न १ सय ३ भाषामा पानी लेखिएको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया