भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह
नयाँ दिल्ली : भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।
भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।
दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।
भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।
भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ ।
चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।
बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ । (एएनआई)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया